एक करोड लागूऔषधसहित २ पक्राउ

metafine-1काठमाडौं । प्रतिवन्धित लागूऔषध एम मेटाफाइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ सत्यदेवी–८ का चित्रबहादुर तामाङ र सोही जिल्लाका नेत्र गुरुङलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २ ग्राम एम मेटा फाइनसहित पक्राउ गरेको हो ।

उक्त परिमाणको एम मेटाफाइनको अन्तराष्ट्रिय बजार मूल्य करिब एक करोड नेपाली रुपैयाँ रहेको लागु औषध नियन्त्रण व्युरो प्रमुख प्रहरी डीआईजी जयबहादुर चन्दले बाह्रखरीलाई जानकारी दिए ।

तामाङ र गुरुङले उक्त लागुऔषध गुडिया र सुटकेसको डण्डीमा लुकाएर लैजान लागेको अवस्थामा बरामद गरेको चन्दले बताए । चन्दका अनुसार लागूऔषध एम मेटाफाइन बरामद गरिएको यो पहिलोपटक हो ।

तामाङ र गुरुङ थाइल्यान्डमा बसेर लागूऔषध तस्करी गर्ने मध्येका मुख्य योजनाकार समेत रहेको प्रहरीको भनाइ छ ।

उनीहरुले बर्माबाट लागूऔषध एम मेटमफाइन थाइल्यान्ड ल्याउने र त्यहाँबाट फिलिपिन्स, म्यानम्यारलगायतका देशमा सप्लाई गर्ने गरेको डीआईजी चन्दले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु