आलिया भट्टको फोटो खिच्दा..

एजेन्सी, फिल्म ‘इंग्लिश विंग्लिश’ का निर्देशक गौरी सिंदेद्धारा निर्देशन भईरहेको नयाँ प्रोजेकटको नायिका आलिया भट्टको फोटो खिच्न एक गार्डलाई निकै महंगो साबित भएको छ । निर्देशक सिंदेले गार्डको त्यस्तो हर्कत देखेर कामबाट नै निकाली दिएका छन् । तर उक्त फिल्मका युनिट भने गार्डले खासै ठुलो गल्ति नगरेको बताउँछन् ।

रिपोर्टस्का अनुसार गार्डले सुटिङको क्रममा बिना अनुमती आलियाको फोटो खिचेका थिए । यसै कुरालाई लिएर निर्देशक गौरी सींदेलाई रीस उठेको थियो । गार्डले बिना अनुमती यसरी आलियाको फोटो खिचेको देख्न साथ गार्डलाई सुटिङ सेट छोडेर जान भनीदिए । फिल्मको सुटिङ गोवामा भईरहेको छ ।

आलियाले उक्त फिल्ममा लीड रोलमा काम गरिरहेकी छिन् । स्टार शाहरुख खान पनि यस फिल्ममा एक महत्वपुर्ण भुमिका निभाउँदै गरेको नजर आउनेछ । समाचारमा आए अनुसार आलियाको लभगुरुको रुपमा शाहरुख खानले फिल्ममा अभिनय गर्ने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु