भक्तपुर। भूमिसुधार सहायक मन्त्री दिनेश श्रेष्ठले आजबाट भक्तपुरमा सुरु हुने बिस्केट जात्रा शान्तिपूर्ण एवम् हिंसामुक्त रुपमा मनाउनुपर्ने बताएका छन्।
आज जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्राको अवसरमा आयोजना गरेको सद्भाव ¥यालीको समापनका क्रममा बोल्दै विश्वमै भक्तपुरको पहिचान बनेको बिस्केट जात्रालाई शान्तिपूर्ण बनाउनुपर्ने बताए।
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाउन स्थानीयवासीकै सहयोग आवश्यक भएको औँल्याउँदै शनिबार तानिने भैरवको रथलाई जबर्जस्ती भूकम्प प्रभावित क्षेत्रमा लैजान नहुने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी ध्रुव कोइराला, प्रहरी उपरीक्षक किरण बज्राचार्यलगायतले जात्रालाई शान्तिपूर्ण बनाउन सबैलाई आह्वान गरे।
भक्तपुरको पाँचतले मन्दिर प्राङ्गणबाट सुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरी पुनः पाँचतले मन्दिर क्षेत्रमै आएर समापन भएको थियो । ¥यालीमा सरकारी कार्यालयका कर्मचारी, प्रहरी, राजनीतिक दल, नागरिक समाज, विभिन्न क्लबका प्रतिनिधि, सञ्चारकर्मी र विभिन्न सङ्घसंस्थाको सहभागिता थियो ।
जात्रालाई शान्तिपूर्ण रुपमा मनाऔँ, ढुङ्गा हान्ने र झगडा गर्ने कार्य त्यागौँ भन्ने सन्देश दिँदै जनचेतना जगाउन विभिन्न प्रकारका बाजागाजाका साथ शान्ति ¥यालीको आयोजना गरिएको हो ।








