पर्सा। एकीकृत नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दहालले राष्ट्र निर्माण गर्ने बेला विरोधका लागि मात्र विरोध गर्ने परिपाटी अन्त्य गर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन्।
दोस्रो वीरगन्ज महोत्सव व्यपार मेला २०७२ को आज उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुक बनाउन र नेपाली जनताले चाहेको आर्थिक उन्नति हासिल गर्न सबै राजनीतिक दल एक हुनाको विकल्प नभएको बताए ।
उनले आन्दोलनरत मधेसी मोर्चालाई आन्दोलन छाडी वार्ता र संवादका माध्यमले रानीतिक संयन्त्रको मद्दतबाट सीमाङ्कन लगायत विषय समाधान गरी राष्ट्र निर्माणमा सहभागी हुन आग्रह गरे ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै मधेस आन्दोलनबाट उठेका सीमाङ्कन लगायत मागलाई सक्दो चाँडो सम्बोधन गर्न पहल गरि प्रतिबद्धता उनले व्यक्त गरे ।








