आईक्यान र सीपीएबीच सम्झौता

अष्ट्रेलिया, चार्टड एकाउन्टेन्सहिरूको नियनकारी निकायर नेपाल चार्टड एकाउन्टेन्टस् (आइक्यान) अष्ट्रेलियाको सर्टिफाइड पव्लिक एकाउन्टेन्ट्सबीच सहकार्य सम्झौता भएको छ । आइक्यान अक्ष्यक्ष प्रकाश लम्साल, उपाध्यक्ष महेश खनाल र कार्यकारी निर्देश विनयप्रकाश श्रेष्ठको एक टोलीले मेलबर्नमा सहमति पत्रका हस्ताक्षर गरेका हुन्  ।

12802974_1040893169282043_8211584687215187611_nसम्झौतापछि अब आइक्यानसँग आबद्ध चार्टड एकाउन्टेन्टहरुलाई सीपीएले मान्यता प्रदान गर्नेछ । नेपाली चार्टड एकाउन्टेन्टहरुलाई अब अष्ट्रेलियामा समेत काम गर्न ढोका खुलेको छ । यसैबीच, अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले भ्रमण टोलीलाई आफ्नो कार्यालयमा स्वागत गरे ।

मेलबर्नको एलिजावेथ स्ट्रीटमा रहेको महावाणिज्यदूतको कार्यालयमा आयोजना गरिएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा यस किसिमको भ्रमणले नेपाली समूदायलाई उत्साहित बनाएको योञ्जनको भनाई थियो । नेपाली चार्टड एकाउन्टेन्टहरुलाई अष्ट्रेलियाको सोही प्रकृतिको संस्थाले मान्यता दिँदा अब नयाँ आयामहरु खुलेको उनको तर्क थियो । भ्रमण टोलीको तर्फबाट बोल्दै अध्यक्ष लम्सालले अष्ट्रेलियामा नेपाली समूदायको उपस्थितिबाट खुशी लागेको भन्दै स्वागतका निम्ति महावाणिज्यदूतको कार्यालयलाई धन्यावद ज्ञापन गरेका थिए ।

सम्बन्धित शिर्षकहरु