‘मोर्चाको मागलाई गम्भीरतापूर्वक लिनुपर्छ’

rajendra-mahatoरौतहट। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले बुझाएको ११ बुँदे मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

आज सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उनले मोर्चाको मागलाई सरकारले चैत मसान्तसम्म पूरा नगरे आन्दोलन चर्किने बताए ।

उनले सरकारलाई हालैमात्र मोर्चाले बुझाएको स्वेतपत्र सम्बोधन हुने पनि बताए ।

उनले आन्दोलन कमजोर भयो, तुहियो र औचित्य सकियो भन्नु निरर्थक रहेको दाबी गर्दै मोर्चाको तर्फबाट आन्दोलनको स्वरुप परिवर्तनमात्र भएको बताए। उनले भने – हामी शक्ति सञ्चय र पार्टीका सङ्गठनलाई बलियो बनाउन लागिपरेका छौँ । यसलाई कमजोरीका रुपमा कसैले नठान्न आग्रह गर्दछौँ ।”

उनले मोर्चाले चलाएको आन्दोलनले जनतालाई बढी दुःख भएको बुझेर केही समयका लागि आन्दोलनको स्वरुप परिवर्तन गरेको पनि दाबी गरे ।

सम्बन्धित शिर्षकहरु