काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा खुमबहादुर खड्काले प्रकाशमान सिंहलाई एक मतले उछिनेका छन् । ३ सय ५० मत गणना गर्दा प्रकाशमान सिंहले २ सय १३ मत ल्याएका छन् भने खड्काले २ सय १४ मत प्राप्त गरे ।
मतगणना शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । मतगणना अझै केही दिन लम्बिन सक्ने देखिएको छ ।








