केन्द्रीय प्रसारण लाइनमा ९.४ मेगावाट विद्युत् थप थपियो

चैत २४ । काठमाण्डौ,आँधीखोला जलविद्युत् आयोजनाले केन्द्रीय प्रसारण लाइनमा ९.४ मेगावाट विद्युत् थप गरेको छ ।बुटवल पावरले प्रवद्र्धन गरेको यस आयोजनाका अनुसार यसअघि ५.१ मेगावाट विद्युत् उत्पादन गर्दै आइएको भए पनि क्षमता वृद्धि गरी ९.४ मेगावाट पुर्याइएको हो ।२०६९ साल मङ्सिरदेखि क्षमता वृद्धिको काम सुरु गरेको आयोजनाले थप विद्युत् उत्पादन सोमबारदेखि नै औपचारिक रुपमा सुरु भएको जनाइएको छ ।

आयोजनामा यसअघि जडित उपकरण झन् डै सय वर्ष पुरानो भएकोले छिटो बिग्रिरहने, विद्युत् उत्पादन बन्द भइरहने,उपकरण मर्मत तथा सम्भार गर्न निकै समस्या हुने र पूर्ण रुपमा विद्युत् उत्पादन तथा सञ्चालन गर्न कठिन भएकाले पुराना उपकरण हटाई नयाँ जडान गरी क्षमता वृद्धि गरिएको आयोजनाका वरिष्ठ प्रबन्कभ विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजना मर्मतका लागि मेगा बैंक लिमिटेड, नेपाल र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमबाट ऋण उपलब्ध गराएको थियो । उक्त आयोजनाको क्षमता वृद्धि भई मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्न केही मद्दत मिल्ने विश्वास लिइएको छ । आयोजनाद्वारा वितरित पानीले स्याङ्जा तथा पाल्पा जिल्लाका थप २५० हेक्टर गरी ५६० हेक्टर जमिन सिँचाइ सुविधा उपलब्ध हुने छ ।पुनःनिर्माण गर्न करिब दुई वर्ष लागेकोे र नयाँ उपकरण जडान भएका कारण भूमिगत विद्युतगृहको लम्बाइ करिब आठ मि लामो हुन गएको छ । साथै टेलरेस टनेलको आकार पनि बढाइएको छ । झन्डै २५० मि लामो नयाँ पेनस्टक पाइप थप गरिएको छ ।

सम्बन्धित शिर्षकहरु