कांग्रेसको मतगणना शुरु

congressvotecountकाठमाण्डौं, नेपाली कांग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको मतगणना शूरु भएको छ । पदाधिकारी निर्वाचित भईसकेपछि निर्वाचन समितिले केन्द्रीय सदस्यको मतगणना हिजोदेखी सुरु गरेको हो । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा बिहान १० बजेबाट खुल्लातर्फ केन्द्रीय सदस्यको मतगणना शुरु गरिने निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए । मत गणनामा समय लाग्ने भएपछि निर्वाचन समितिले आजदेखी गणनास्थल बढाउने पनि तयारी गरेको छ ।

समितिले समावेशीतर्फको केन्द्रीय सदस्यको पनि मतगणना आज शुरु गर्ने तयारी गरेको छ । हिजो प्रारम्भिक मतगणनामा पुरानै अनुहार अग्रस्थानमा देखिएका छन् । पुर्व मन्त्री खुमबहादुर खड्का, प्रकाशमान सिंह, शेखर कोइराला, बिमलेन्द्र नीधि, प्रदीप गिरी, प्रदीप पौडेल, महेश आचार्य लगायतले प्रारम्भिक गणनामा अग्रता कायम गरेका छन् । खुल्लातर्फ २५ केन्द्रीय सदस्यका ९० जनाले उम्मेद्वारी दिएका छन् ।

सम्बन्धित शिर्षकहरु