सभापति देउवाद्वारा शुभकामना

1-sher-bahadur-deubaकाठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेकाएका शेर्पा समुदायलाई ग्याल्पो–ल्होसार पर्वको शुभकामना दिएका छन् ।

ग्याल्पो –ल्होसारको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले ग्याल्पो–ल्होसार नेपाली शेर्पा जातिको महान पर्व भएको उल्लेख गर्दै विभिन्न जातजाति, धर्म सस्कृतिले सु–सज्जित नेपालमा हामी सबै नेपाली सदियौदेखि एकजुट भएर रहेको उल्लेख गरेका छन् ।

हाम्रो एकतालाई अझ सुदृढ बनाई देश निर्माणमा जुट्ने बेला आएको भन्दै सन्देशमा उनले जातजाति, भाषाभाषी समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु