दोस्रो चरणको निर्वाचन सकियो, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ ।

सभापति पदका लागि आइतबार सम्पन्न भएको निर्वाचनमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न २ः४५ बजेदेखि दोस्रो चरणको निर्वाचन सुरु भएको थियो ।

g]sf !#cf}F dxflwj]zg g]kfnL sfFu|];sf] !# cf}F dxflwj]zgdf ;efklt kbdf s'g} klg pDd]bjf/ lgjf{lrt gePkl5 ;f]daf/ bf];|f] k6s dtbfg s]Gb|df sfjf ;efklt /fdrGb| kf}8]n nufot  . tl:a/ M /f]zg ;fksf]6f, /f;;

पहिलो चरणको निर्वाचनमा बढी मत ल्याउने सभापतिका उम्मेदवार शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।

कांग्रेसको महाधिवेशनमा तीन हजार १६१ मतदाता रहेकामा दोस्रो चरणको निर्वाचनमा तीन हजार १२० मतदाताले मतदान गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

पहिलो निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गरेका थिए। अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गरेका थिए ।

निर्वाचनको मत गणना भने पाँच ठाउँमा बाँडेर केही बेरपछि राष्ट्रिय सभागृहमा गरिने निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु