केन्द्रीय सदस्यमा धौलागिरिबाट सातजना आकाङ्क्षी

sfFu|]; k|rf/ k|rf/ ;ldltn] a'waf/ sf7df8f}Fdf g]kfnL sfFu|];sf] !# cf}+ dxflwj]zgaf/] hfgsf/L lbg] p2]Zon] cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf af]Nb} jl/i7 g]tf z]/axfb'/ b]pjf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

पर्वत । नेपाली कांग्रेसमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएका बेला धौलागिरिबाट एक दर्जनले केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पर्वत जिल्लाबाट दुईजना, बागलुङबाट पाँचजना, म्याग्दीबाट एकजना र मुस्ताङबाट एकजनाले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

बाह्रौं महाधिवेशनमा धौलागिरिबाट एकजना भूगोलमा निर्वाचित हुने व्यवस्था भए पनि यसपटक प्रदेशबाट दुईजना मात्रै चयन हुनेछन् । उनीहरु धौलागिरि र गण्डकी अञ्चल जोडिएर बनेको प्रदेश नं ४ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् । बाह्रौं महाधिवेशनमा धौलागिरिबाट अर्जुनप्रसाद जोशी र गण्डकीबाट सुरेन्द्र पाण्डे निर्वाचित भएका थिए ।

बिहीबारदेखि सुरु हुने १३औँ महाधिवेशनमा धौलागिरिबाट अर्जुनप्रसाद जोशी, किरण पौडेल, प्रकाश शर्मा पौडेल, नवराज गुरुङ, रेशमबहादुर बानियाँ, टेकराज शर्मा तथा रत्ना शेरचनले उम्मेदवारी दिने तयारी गरेका छन्।

बागलुङका किरण पौडेल १२औँ महाधिवेशनमा अर्जुनप्रसाद जोशीसँग पराजित हुनुभएको थियो । शेरचन महिला कोटामा विजयी हुनुभएको थियो । शेरचन महिला कोटा र गुरुङ जनजातितर्फ प्रतिस्पर्धा गर्ने सम्भावना छ । अर्जुनप्रसाद जोशी, किरण पौडेल, प्रकाश पौडेल, रेशमबहादुर बानियाँ र टेकराज शर्मा भने प्रदेशको कोटामा भिड्ने बताइएको छ ।

उनीहरुले मतदाता भेटघाट तथा प्रचारप्रसारलाई तीव्र पारेका छन् । आकाङ्क्षीमध्ये किरण पौडेल, टेकराज शर्मा र नवराज गुरुङ देउवा निकट छन् । अर्जुनप्रसाद जोशी सिटौला निकट र रत्ना शेरचन, प्रकाश शर्मा पौडेल र रेशम बानियाँ रामचन्द्र पौडेल निकट मानिन्छन् ।

सम्बन्धित शिर्षकहरु