एनआरएनए द्वारा विध्यार्थीहरूका लागि उपयोगी परामर्श

12792171_1094220790598594_1118895167235194173_o 12795547_1094220917265248_7615948175593477267_n 12804669_1094220990598574_9011803542706652622_n 12806066_1094220847265255_3960633824426831257_n 3518_1094220717265268_4439620042388185993_n 10366083_1094220830598590_812262981136448122_n 12729214_1094220737265266_6864731065116383902_nअसनेपालन्युज, सिड्नी , सफल हुन सबै चाहन्छन् तर सफलताको लागि आफु भित्रको साकारात्मक सोच लाई ब्युंझाउंनु पर्छ । गैरआवसीय नेपाली संघ अष्ट्रेलियाए , एनआरएनए ले यस्तै उपयोगी जानकारी मार्फत अस्ट्रेलियाका नेपाली विध्यार्थीलाई विविध कुरामा सचेत पारेको छ । एनआरएन न्यूसाउथवेल्स राज्य समितिको सकृयता रहेको यस विध्यार्थी सचेतता कार्यक्रममा प्रत्यक्ष वा परोक्ष रुपमा ३ सय भन्दा बढी लाभान्वित भएको आयोजक सहभागी भएका छन् । सिड्नीको हर्टस्भिल स्थित सिभिक थियटरमा आयोजना गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलियामा काम, कर, विश्वविद्यालको पढाई, तनाव ब्यवस्थापन, साकारात्मक सोच लगायतका विषयमा विज्ञहरुबाट जानकारीमूलक परामर्श पाएका थिए ।एनआरएन सल्लाहकार ईन्द्रावन , एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देल,नेपाली दूतावासका डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डे ,एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलका, कोष्याध्यक्ष डिला खरेल ,एकाका अध्यक्ष विवेक थापा , गणतान्त्रिक फिजिको नेपालका लागि सद्भभावना राजदुत तथा सकारात्मक सोचका प्रणेता भीमसेन सापकोटा लगायत विभिन्न ब्यक्तिहरूले आ-आफ्ना बिषयमा विशेष जानकारी राख्नु भएको थियो । कार्यक्रममा नेपाली दुतावास क्यानवेरा , एनआरएन आईसीसी, एनआरएन अष्ट्रेलिया, एनआरएन न्यूसाउथवेल्स, डक्टर्स असोसिएशन , नारी निकुञ्ज लगायतका संघ संस्थाका सदस्यहरु स्वयंसेवकका रुपमा खटिएका थिए

कार्यक्रममा एमआरपी पासपोर्टको लागि आवेदन दिएकाको बनिसकेको पासपोर्ट वितरण पनि गरिएको थियो । पासपोर्ट वितरणमा क्यानबेरास्थित नेपाली दूतावासका डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डे उपस्थित थिए ।
विद्यार्थीको हितमा एनआरएनएले केही गर्न नसकिएको गुनासो बढिरहेको बेला एनआरएनए न्युसाउथवेल्सले विद्यार्थीका लागि उपयोगी कार्यक्रम आयोजना गरेको हो ।

सम्बन्धित शिर्षकहरु