“आधा आकाश”

महिला हिंसा विरूद्धमा हाम्रो ऐक्यबद्धता , प्रस्तुति ..निशा अर्याल, हाल   ईजरायल

 
मानव जीवनको प्रधान अङ्ग हुन नारी। परमपूज्य जननी स्नेहमयी ,ममताकी खानी हुन नारी, | नारीकै कोखबाट इश्वरको जन्म भएको थियो भनिन्छ। उनकै वात्सल्यताले नयाँ बिहानी आउने गर्दछ।  त्यसैले देवी, भवानी , जगदम्बा ,महात्यागी ,दानी विभिन्न स्वरूपामा कहिन्छ। श्रीष्ठिकी उत्तराधिकारी हुन नारी |
आफू पीडा खेपेर अरुलाई खुसी दिन्छे नारी। आफू रोएर वात्सल्यताबाट क्षुधा, तुष्णा, वासनाको अपार तृप्ति मेट्ने गर्छन पुरूषहरु। यिनकै शीतल छायाँको विश्रान्ति पाएर दुःख बिर्सन्छ उनीहरु,|
      युग युगको सुखदुःखको साथी हुन नारी।,शोकका यावत् जीवन वैधव्यको कठोर यन्त्रमा सहने तपस्वी हुन नारी। त्यसैले म नारी बन्नुमा गर्व गरिरहेछु ।
       युगको सुख दुःखको साथी हुन नारी तर त्याग र निःस्वार्थ सेवाको बदलामा एकान्त रोदन ,कठोर लाञ्छना, दारूण यातना तिरस्कार बाहेक के पाउँछे नारी ? आफू मरेर अरुलाई बचाउँछे नारी। आफू भोक भोकै वसेर पनि अरको पेट भर्द्छे नारी। तर सडकमा ठुला ठुला भाषण दिदै नारा लगाउछन समानताको फेरी किनभित्र उनिहरुबाटै घरमा हुन्छ भीषण विभेद र पनि असल पुरूषकी हीरा मणि रत्न भइ  दिन्छिन नारी। सारा जगत्की सृष्टि हुन् नारी  |
       कालसँग भीषण लडाइँ लड्दै ,नवजात शिशु जन्म दिने नारी विकटताको सामना गरि रहने, हरेक दुखद प्रहार खेप्ने कति सहनशील छन् नारी।  पीडा खेप्दै जगतलाई माया र खुसी दिने सहनशीलाकी खानी हुन नारी। 
     विश्व जगतको ममतामयी आमा हुन नारी तरपनि उनैलाई हरपल किन लाचार बनाउछ्न पशूतुल्य पुरुषहरु ? र विर्सिन्छ्न  नारीको त्यो रुप…|
 
“उताउला वाणीका तीरहरूबाट ,
असूरले किन ?
आफ्नो हवस बुझाउँछ ?
सरस्वती ,लक्ष्मी ,दुर्गा नारीले ,
रुपआफ्नो लिईन भने |
मनमोहिनी , गणगौरी जस्ती,
कालको रूप लिईन भने
नारी शक्तिलाई न ललकार ,
यीनलाई नारी नै रहन देउ |
करूणा ,ममताको सरिता हुन्नारी ,
यीनलाई कल कल शीतल बग्न देउ ।
यीनैले गर्दा श्रीष्टि हुन्छ,
आफ्नो अस्तित्वमा रहन देऊ |”
 
       विज्ञानको अकल्पनीय विकाशले संसारमा अब कुनै कुरा अशंभब रहेन । सुचना र प्रविधिको चरम विकाशले संसारलाई एउटा आँगन जस्तो बनाएको छ । आधुनिक समाजमा मानिस उक्लिरहेको छ। आर्थीक विकाश र प्र्रगतिको शिखरतर्फ । जसरी आजको मान्छे ले औद्योगिक बिकासमा फड्को मारेकोे छ । त्यसरी नै मानवीय  सम्बन्ध र नैतिक धरातलमा खतरनाक गिरावट आएको छ । संसारमा मान्छे केही बाट असुरक्षित छ भने त्यो मान्छे बाट नै छ । प्रकृतिको शाश्वत सत्य के हो  भने यो सृष्टिमा  जीवनको  निरन्तरता नारी र पुरुषको सहयोग बाट नै संभब छ । प्रेम र सौन्दर्यताको बगैचा नारी र पुरुषको सह–जीवनबाट नै संभब छ । यो समाज बाट एकाएक नारीहरु गाएब भएभने  पुरुषको के हालत हुन्छ ? शृष्टिको गति अबरुद्ध हुन्छ। त्यस पछि के हुन्छ ? निश्चयै प्रकृतिको निरन्तरता र सृष्टिको अन्त्य त्यहीँ नै हुन्छ । जहाँ बाट संसारमा नारीहरुको उपस्थीतिको अन्त्य हुन्छ । नारीहरुको अनिवार्यता सृष्टीको लागि त्यति धेरै आवश्यक छ।  तर के पुरुषले नारीको गरिमालाई कायम गर्न सकेका छन् ? अहँ ! संसारले प्रगतिको क्षेत्रमा जतिसुकै फड्को मारेतानि , नारीहरु अपमानित नभएको कुनै दिन छैन, रात छैन ।
       हिजोको मातृसत्तात्मक युग जहाँ नारीहरु परिवारको मुख्य मान्छे हुन्थे। समाज र परिवारको निर्णायक तहमा थिए । जब मातृसत्तात्मक युगको अन्त्य भयो। नारीहरु अधिकार बिहिन बनाईए ।  नारीहरुको लागि त्यहि बेलादेखि दासत्वको युग सुरु भयो । निर्ममता पुर्वक नारीहरुको अधिकार मथि कुल्चने परिपाटीको सुरुवात भयो । अनित्यहीबाट नारीहरुलाई खेलौना ठान्ने मानसिकता शुरु भयो। त्यहीवाट सुरुवात भयो महिला माथिको हिंसा । खुट्टा भए जुत्ता जत्ति भन्ने उखान बने । त्यतिबेलै नारीको आँखामा पट्टी बाँधियो ।  त्यती बेलै हाम्रो पवित्र संसारमा आगो लगाउने काम भयो । हो  म छाति  ठोकेर भन्छु त्यो बेला बाट शुरु भएको हो नारी माथिको हिंसा,अत्याचार,वलत्कार ।
 
नारीले पुरूषलाई जन्म दिइन। तर पुरूषले उनलाई बाजारीकरण गर्यो। यो हिंसाबाट संसारमा हजारौं नारीहरु जली सकेका छन । गली सकेका छन | समाजले जति जति आधुनिकतामा फड्को मारेको मारै छ त्यतिनै नारी हिंसाको फरक –फरक रुपहरु फेरीदै आएको पाइन्छ । हिजो नारीहरुलाई यौनदासिको रुपमा ठुला–ठालुहरुले घरेलु जन्तु जस्तै पालेर भोगेका थिए । आज घोषीत अघोषीत रुपमा रेड लाईट एरिया(वेश्यालय) हरु खोलिएका छन । आधुनिक भनिएको पुँजिबादि ब्यबस्थामा नारीहरु पुरुषलाई देह सुख दिन  बिक्रिका लागि बजारमा राखिएका वस्तु झैँ छन ।
 
    आजपनि फरक ढंगले संसारमा दास प्रथा ज्यूदो छ। यो एउटा यस्तो दास प्रथा हो , जहा गरीब युवतिहरुको किन बेच हुन्छ। उनीहरू  यौन दासीको  रुपमा रहन विवश छन । संसारमा शोषकहरूले जतिसुकै सुरक्षा घेरा मजबुत बनाएपनि हरेक मिनेट हरेक क्षण नारी माथि बलत्कार र हत्याको जघन्य श्रृङखला कायम नै रहेको छ । बलत्कारको घटना यसरी किन  बढिरहेको छ ? महिलारु किन आफ्नौ घर अपिस र आफ्नै भुमिमा लुटिएका छन ? उनीहरूको अस्मिता माथि किन धावा बोलिएको छ ? बोक्सीको आरोप नारीहरु माथि नै लग्छ।  मलमुत्र खुवाईन्छ ? वेश्या बनाईन्छ। भोग्या बस्तु बनाईन्छ । घर र कार्यालयमा नै यौन दुरब्याबहारको शिकार हुन्छन । शोषण र उत्पीडनको जाँतोमा पिसिन्छ।अपमान र तिरष्कारको सिकार बन्नु पर्छ । संसारमा नारीहरुले स्वतन्त्रताको निम्ती हजारौं संघर्ष गरे तर पनि नारी माथिकै शारीरिक  र मानशिक हिंसा अझ सम्म हटेको छैन । तसर्थ मातृसत्तत्मक समाज यताको नारीहरुको इतिहाँस भनेको दासत्वको इतिहास हो। अपमानको इतिहास हो । तर अब हामीसबै विश्वमा छरिएर रहेका नारीहरु मिलि इतिहाँस बदल्नु छ , नारी स्वतन्त्रताको नयाँ युगको प्रारम्भ गर्नुछ ।
 
        यो सृष्टिको निर्माणमा नारीको भूमिका कहाँ कम छ?  देशको निर्माणमा नारीले पनि पुरुष जत्तिकै रगत पसिना बगाएका छन् । नालापानीको इतिहास साक्षी छ, त्यहाँ नेपाली नारीले आफ्नो त्याग, तपस्या र बलिदानबाट  मातृभूमिको रक्षा गरेको थिएँ। आफ्नो देशको माटोमा नारी जातीहरुको बलिदानको सुगन्ध अझै ताजा पाइन्छ । यो संसारको सभ्यताको निर्माणमा नारीहरुको आँसु र पसिना बगेका थियो |
       विश्वको र हाम्रै नेपाल देशको इतिहास हेर्दा नारी जाति कुनै प्रकारले पुरुष भन्दा कमजोर थिएनन र छैनन पनि।पुरुष सँगै काँधमा काँध मिलाएर उनीहरू बलिदानमा होमिएका थिएँ र छन।  संसार हल्लाउने थुप्रै संघर्ष र आन्दोलनमा उनीहरूको भुमिका कमजोर छैन । राज्यको नीति, निर्माण र तहमा आफ्नै क्षमताले पुगेका छन । कला , साहित्य , पत्रकारीता, विज्ञान , प्रबिधि, प्रशासक र डाक्टर हर क्षेत्रमा संघर्ष गर्दै अगाडि बढेका छन । तरपनि उनीहरूको क्षमाता माथि किन वारम्बार प्रश्न उठाईन्छ ? उनीहरूको उन्मुक्त हुने आकांक्षा माथि किन घात गरीन्छ ? आधा आकाश आधा धर्ति ओगटेका ति नारीहरुको अस्मिता किन लुटिन्छ ?बारम्बार। स्वतन्त्रताको पखेटा किन काटिन्छ? उनीहरुकै….. परेवालाई पिंजडामा थुनिएझैँगरि किन थुनिन्छ.?……… नारीहरुको ओठ माथि किन ताल्चा लाईन्छ.?……. नारीको कुमारीत्व माथि किन
आशङ्का गरिन्छ ? इतिहासको कुन परीक्षा नारीहरुले उत्तर्णि गरेका छैनन् ? इश्वरको  पालामापनि नारीहरुलाई पुजिंथ्यो भने आज कि नारीहरुलाई सागपात झैँ किनबेचको तराजुमा जोख्ने गर्दछन ?
 
“नारी”
 
नारी सशक्तिकरणको नाराले,
गुन्जियो वसुंधरा,
संगोष्ठी,
परिचर्चाहरू सुनीसुनी,
अन्तरमनबाट निस्कियो सुस्केरा !
बेद , पुराण , ग्रन्थहरु सबै ,
नारीको महिमा दोहर्याउँ छन ,
मुक्त कण्ठले भनिन्छ
“यत्र  नार्यस्तु  पुज्यन्ते रमन्ते तत्र देवता।”
(यत्र-जहाँ ,नार्यास्तु – नारीहरुलाई, पूज्यन्ते- प्रशन्न राखीन्छ वा पूजागरिन्छ, 
   रमन्ते-रमाउछन् वा वासगर्दछन् तत्र=त्यहीँ , देवता =देउताहरुले ),
 
तर ब्यवहारमा,
पूर्व गर्भावस्था देखि नै किन ?
कोखमा छोरी हुँदा किन ?
गर्भ पतनगर्न बाध्य गराउछन ?
 
कुंडा , करकट ,रछ्यानको थुप्रोमा,
कुकुरबाट लुछाउँदै ,
गिद्धको आहारा बन्न किन?
वाध्य उनलाई गराउछन ?
छोराको आशमा प्रतिवर्ष ,
छोरी गर्व आए भने ,
छि छि धुर्धुर गर्दै उनलाई ,
सौता ल्याउछु भनि धुर्क्याउछ्न ?
 
कोख शून्य भयो भने,
अनाथाश्रमको फेरि लगाउदै ,
काखमा बालक लिन्छन ,
बालिकालाई हुत्याउदै |
गुरू द्वार , मन्दिर ,मस्जिदमा गइ,
भाकल गर्दै नित्य शिश झुकाउछन !
छोरीलाइ कर्तव्य सम्झेर ,
बिबाह गरेर दिदा पनि ,
दहेजको बाहानामा,
फेरी तिनैलाई जलाउछ्न ?
पुत्र रत्नको चाहनामा किन?
इश्वरलाई भेटी चढाउँदै ?
चांदीका सिक्का प्रलोभी ,
दाइजोको वली चढाउँदै ।
पदोन्नतिका ख़ातिर ,
किन ?
भर्याँग इश्वलाई बनाउछन् ?
 
      प्रसव पिडा उनीहरूले सहेका छन । दश धारा दुध नारीहरुले नै पिलाएका छन , आँशुको नदीमा उनीहरू  डुबेका छन, | उनै पुरुषका हर ईच्छाहरु नारीहरुबाटै पुरा भएका छन,| सन्तानका हजार खुसिको लागि हरेक रात सिरान भिजाएका छन । परदेशकोकुनैकुनामा हुन्  वा अरबको खाडीमा जोतिएका छन । तरपनि किन नारी सधै दोस्रो दर्जाको नागरिक सम्झिन्छ पुरुष ? किन नारी सधै अछुत झैँ ठान्दछन पुरुष?,किन सधै अपमानित छन नारी ?  किन असहय नारी माथि हिंसा ? इतिहासमा अब यसको हिसाब हामीले  खोज्नै पर्छ।  नारीमाथिको हेपाहा प्रवृतिको अन्त्य गर्न स्वयम् नारी अब हामीहरु नै अग्रसर हुनुपर्छ।  नारीको काँध माथि राखिएको शोषणको जुवा पुरुषको कुन्ज दृष्ट्रिको काँधबाट निकालेर फाल्नै पर्छ । यी कविताका पङ्गती जस्तै
हात र आँगनको सम्रज्स्यमा,
उचालिन्छं मेरा,
आशा मुखी आँशुहरु,
कति विवश  र निश्चल छन् ति,
पुरुषको कुन्ज दृष्टिमा, |
 
पुरुषको हेराइमा आइमाई,
एउटा कागजको खिलौना भन्दा,
अरु केहि भएनन्..
जसलाई उनीहरुको नजरले,
जुनसुकै बेलापनि,
च्यात्न सकिन्छ सोच्छन
अनि फ्याक्न सकिन्छ भन्छन |
त्यहि सोचले पुस्तौ देखि
हाम्रो काधमाथि,
जुवा राखेर जोते
हाम्रो आँसु ले
बन्जर जमिन सिन्चित गरे
जमिन हराभरा भयो
नारीलाई गोरुको रुपमा
सधै दाउनी गर्न खोजे |
तर, ,
इतिहासको यो घडिमा
अपमानको हर पिडा अब,
स्वीकार्य छैन हामिलाई
दासताको सुनको सिक्रि ,
अब चुडाउन तम्तयार छौँ हामी
यो विश्वका नारीको निर्णाय ,
अन्तिम लडाई हुनेछ हाम्रो
तिम्रो ओठ माथि,
हुर्किरहेको हिंस्रक जुंगामा
अगुल्टो झोस्न तम्तयार छन,
हाम्रा यी हातहरु
कमजोर नठान नारीलाई
अब हर एक पीडाको,
हिसाब चुक्ता गर्न
उठ्छौ अब हामी
एकताको आवाज बनेर,
अन्यायको कालो ,
निरीह अन्धकार चिर्दै |”12744485_974952659246397_5289053176217906445_n

सम्बन्धित शिर्षकहरु