काठमाडौं, काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् ।
विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले अनलाइनखबरसँग भने(बलपूर्वक अवतरण गर्ने क्रममा अगाडिको भाग खेतमा जोतिएको छ । त्यसले पाइलट र कोपाइलटको मृृत्यु भएको देखिन्छ ।’ नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए । विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्थामा गम्भीर छ ।
प्रजिअ श्रेष्ठका अनुसार अहिले काष्ठमण्डप एयरलाइन्सको विमान र नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ जाँदैछ ।








