किन भारत जान्छन् प्रधानमन्त्री ?

कसले गरे कस्ता सहमति ?

Prime Minister KP Sharma Oli shakes hands with his Indian counterpart Narendra Modi

कृष्णप्रसाद भट्टराई (२५ देखि २७ जेठ ०४७)
काठमाडौं १२ । फागुन,०४६ पछि गठित अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारत भ्रमणमा गएका थिए । त्यतिवेला दुई देशबीचको आन्तरिक मामिलामा अहस्तक्षेपको भूमिका निर्वाह गर्ने सहमति भएको थियो ।

गिरिजाप्रसाद कोइराला (१९ देखि २४ मंसिर ०४८)
०४८ को मंसिरमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा गए । व्यापार र पारवहन, कर्णाली–सप्तकोसी बहुउद्देश्यीय परियोजना, पञ्चेश्वर परियोजना अगाडि बढाउनेबारे सम्झौता भयो ।

मनमोहन अधिकारी (२७ चैत ०५१ देखि १ वैशाख ०५२ )
०५१ को मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारी प्रथम कम्युनिस्ट प्रधानमन्त्री बने । उनको भारत भ्रमणमा पहिलोपटक १९५० को सन्धिबारे छलफल भयो । सन्धि पुनरावलोकनको छलफललाई निरन्तरता दिएर टुंगो लगाउने सहमति भयो । त्यहीवेला महाकाली नदीको पानी उपयोगबारे दुई देशबीच गम्भीरतापूर्वक छलफल गर्ने सहमति पनि भएको थियो ।

शेरबहादुर देउवा (२८ माघदेखि ५ फागुन ०५२)
०५२ वैशाखमा प्रधामन्त्रीमा निर्वाचित शेरबहादुर देउवा फागुनमा भारत भ्रमणमा गए । भ्रमणका क्रममा सन् १९५० को सन्धिको पुनरावलोकनबारे छलफललाई निरन्तरता दिने सहमति भयो । पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा लगानी आकर्षित गर्नेबारेमा पनि छलफल भयो । आतंकवादविरुद्ध सँगसँगै लड्न र एकअर्काको भूमि उपयोग गर्न नदिने प्रतिबद्धता पनि दुवै देशले जनाएका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड (२९ भदौदेखि २ असोज ०६५)
०६४ को संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल बनेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्यो । उनको पहिलो विदेश भ्रमण चीन भयो । बेइजिङ ओलम्पिक खेलको समापनमा सहभागी हुन उनी चीन गएका थिए । उनको ०६५ मा भारत भ्रमणका वेला भारतले राप्तीको नौमुरे जलविद्युत् परियोजना निर्माण गरिदिने, सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र कोसीको बाढीले पुर्‍याएको क्षति न्यूनीकरण गर्नेबारे छलफल गर्नेे सहमति भयो ।

माधव नेपाल (२ देखि ६ भदौ ०६६)
माधव नेपालको भारत भ्रमणका वेला नेपालले वैदेशिक व्यापारका लागि विशाखापटनम बन्दरगाह प्रयोग गर्ने, १९५० को सन्धि पुनरावलोकन गर्ने, पञ्चेश्वर परियोजना अगाडि बढाउनेलगायतका सम्झौता भए ।

बाबुराम भट्टराई (३ देखि ६ कात्तिक ०६८)
बाबुराम भट्टराईको भारत भ्रमणका वेला बिप्पा सम्झौता भयो । सन् १९५० को सन्धि पुनरावलोकन गर्न ‘प्रबुद्ध व्यक्तिको समूह’ गठन गर्ने सहमति पनि भएको थियो ।

गिरिजाप्रसाद कोइराला (१ देखि ६ साउन ०५७)
०५६ को आमनिर्वाचनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री निर्वाचित भएका थिए । करिब १८ महिनापछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनको भारत भ्रमणका वेला महाकाली सन्धि कार्यान्वयनमा लैजाने र सन् १९५० को सन्धिका विषयमा छलफल गर्न परराष्ट्रसचिवहरूलाई जिम्मा दिने सहमति भयो ।

शेरबहादुर देउवा (७ देखि १२ चैत ०५८)
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार ढलेपछि ०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भए । उनको भ्रमणका क्रममा पूर्व–पश्चिम रेलमार्गबारे भारतले सम्भाव्यता अध्ययन गर्ने तथा सन् १९५० को सन्धिबारे छलफल गर्न गठित परराष्ट्र सचिवस्तरीय छलफललाई निरन्तरता दिने सहमति भयो ।

शेरबहादुर देउवा (२३ देखि २७ भदौ ०६१)
तत्कालीन राजा ज्ञानेन्द्र शाहले १८ असोज ०५९ मा संसद् विघटन गरी असक्षमको आरोप लगाएर देउवालाई बर्खास्त गरे । २५ असोजमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनाइए । उनीपछि सूर्यबहादुर थापालाई प्रधानमन्त्री भए । सो समयमा चन्द र थापा दुवैले भारतको औपचारिक भ्रमण गर्न पाएनन् । त्यसपछि ०६१ मा प्रधानमन्त्री भएका शेरबहादुर देउवा भारत भ्रमणमा निस्किए । सो भ्रमणमा आंतकवादविरुद्ध लड्ने र सन् १९५० को सन्धिबारे परराष्ट्रसचिवस्तरमा भइरहेको छलफललाई निरन्तरता दिने सहमति भयो ।

गिरिजाप्रसाद कोइराला (२३ देखि २६ जेठ ०६३)
०६२/६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । त्यसपछि भ्रमणमा गएका उनलाई भारतले नेपालका सरकारप्रमुखलाई दिएकोमध्ये सबैभन्दा उच्च सम्मान दियो । भारतीय समकक्षी मनमोहन सिंह स्वयं प्रधानमन्त्री कोइरालालाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए । सिंहले कोइरालालाई दक्षिण एसियाकै नेताको उपमा दिएका थिए । त्यतिवेला शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा द्विपक्षीय साझेदारी गर्ने सहमति भएको थियो । भारतले सय करोड अनुदान नेपाललाई दिने सम्झौता पनि भएको थियो ।

केपी ओली (७ देखि १२ फागुन ०७२)
प्रधानमन्त्री केपी ओली भारत भ्रमणमै छन् । भ्रमणका क्रममा सातबुँदे समझदारीमा हस्ताक्षर भएको छ । तत्कालीन प्रधानमन्त्री माधव नेपालको पालामा भएको सम्झौताकै एउटा बुँदा विशखापटनम बन्दरगाह नेपालले प्रयोग गर्ने र ०५१ बाट निरन्तर सहमति हुँदै आएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नेलगायतका पुरानै बुँदामा समझदारी भएका छन् ।

गिरिजाप्रसाद कोइराला (१ देखि ६ साउन ०५७)
०५६ को आमनिर्वाचनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री निर्वाचित भएका थिए । करिब १८ महिनापछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनको भारत भ्रमणका वेला महाकाली सन्धि कार्यान्वयनमा लैजाने र सन् १९५० को सन्धिका विषयमा छलफल गर्न परराष्ट्रसचिवहरूलाई जिम्मा दिने सहमति भयो ।

शेरबहादुर देउवा (७ देखि १२ चैत ०५८)
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार ढलेपछि ०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भए । उनको भ्रमणका क्रममा पूर्व–पश्चिम रेलमार्गबारे भारतले सम्भाव्यता अध्ययन गर्ने तथा सन् १९५० को सन्धिबारे छलफल गर्न गठित परराष्ट्र सचिवस्तरीय छलफललाई निरन्तरता दिने सहमति भयो ।

शेरबहादुर देउवा (२३ देखि २७ भदौ ०६१)
तत्कालीन राजा ज्ञानेन्द्र शाहले १८ असोज ०५९ मा संसद् विघटन गरी असक्षमको आरोप लगाएर देउवालाई बर्खास्त गरे । २५ असोजमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनाइए । उनीपछि सूर्यबहादुर थापालाई प्रधानमन्त्री भए । सो समयमा चन्द र थापा दुवैले भारतको औपचारिक भ्रमण गर्न पाएनन् । त्यसपछि ०६१ मा प्रधानमन्त्री भएका शेरबहादुर देउवा भारत भ्रमणमा निस्किए । सो भ्रमणमा आंतकवादविरुद्ध लड्ने र सन् १९५० को सन्धिबारे परराष्ट्रसचिवस्तरमा भइरहेको छलफललाई निरन्तरता दिने सहमति भयो ।

गिरिजाप्रसाद कोइराला (२३ देखि २६ जेठ ०६३)
०६२/६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । त्यसपछि भ्रमणमा गएका उनलाई भारतले नेपालका सरकारप्रमुखलाई दिएकोमध्ये सबैभन्दा उच्च सम्मान दियो । भारतीय समकक्षी मनमोहन सिंह स्वयं प्रधानमन्त्री कोइरालालाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए । सिंहले कोइरालालाई दक्षिण एसियाकै नेताको उपमा दिएका थिए । त्यतिवेला शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा द्विपक्षीय साझेदारी गर्ने सहमति भएको थियो । भारतले सय करोड अनुदान नेपाललाई दिने सम्झौता पनि भएको थियो ।

केपी ओली (७ देखि १२ फागुन ०७२)
प्रधानमन्त्री केपी ओली भारत भ्रमणमै छन् । भ्रमणका क्रममा सातबुँदे समझदारीमा हस्ताक्षर भएको छ । तत्कालीन प्रधानमन्त्री माधव नेपालको पालामा भएको सम्झौताकै एउटा बुँदा विशखापटनम बन्दरगाह नेपालले प्रयोग गर्ने र ०५१ बाट निरन्तर सहमति हुँदै आएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नेलगायतका पुरानै बुँदामा समझदारी भएका छन् ।-नयाँ पत्रिका

सम्बन्धित शिर्षकहरु