अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाले सोमबार नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा भाग लिने सात जना प्रतिनिधिको नाम तय गरेको छ ।
विधानतः कांग्रेसको भातृ सङ्गठन जनसम्पर्क समिति अमेरिकाले सदस्य संख्याको आधारमा सात जना महाधिवेशनप्रतिनिधि चयन गर्न पाउने प्रावधान भएकाले सोही अनुरूप प्रतिनिधि चयन गरिएको समितिले जनाएको छ ।
चयन भएका प्रतिनिधिमा आनन्द विष्ट, वेद खरेल, विष्णु सुवेदी, प्रमोद सिटौला, विद्यासागर योञ्जन, हेमराज भट्ट र महिलाबाट माया कडायत छन् ।








