एजेन्सी, भारतीय मिडियामा अभिनेत्री रानी मुखर्जीबारे समाचार आउन छाडेको लामो समय भइसकेको छ । तर, अझै उनी घरबाट बाहिर निस्केकी छैनन् । गत डिसेम्बरमा छोरी आदिराको जन्मपछि रानी सार्वजनिक स्थलबाट र मिडियाबाट एकैपटक हराइन् ।
पारिवारिक सूत्रका अनुसार अहिले रानी आदिराको रेखदेखमा पूरै व्यस्त छिन् । ‘आदिरा आफ्नो आँखाबाट टाढा भएको पनि हेर्न सक्दिनन् रानी,’ पारिवारिक स्रोतको हवाला दिँदै भारतीय मिडियाले लेखेका छन्, ‘रानीलाई बालबालिकाको अत्यन्त माया लाग्छ ।’








