एमाले अखिलमा ६०० उम्मेदवार

akhil-2-660x330काठमाडौं, नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि एकहजार ५९७ मतदाताले मतदान गर्ने भएका छन् ।

निर्वाचन कमिटिले १७ पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

सङ्गठनका अध्यक्ष किशोरविक्रम मल्लले विभिन्न पदका लागि ६०० विद्यार्थीको उम्मेदवारी दर्ता भएको जानकारी दिँदै अहिले प्रचारप्रसारका लागि समय राखिएको र सो समयपछि बुधबार मतदान प्रक्रिया सुरु गरी अध्यक्ष मण्डलले मतगणनाका लागि समझदारी तथा आवश्यक नियम बनाउने बताए ।

प्रज्ञा प्रतिष्ठानमा १८ वटा मतदान केन्द्र बनाइएको छ । एकपटकमा १२० जनाले मतदान गर्नसक्ने व्यवस्था गरिएको छ । उनले प्रतिस्पर्धाबाट आउने नेतृत्वले अहिले शिक्षामा भइरहेको निजीकरण तथा व्यापारीकरणले मुलुकमा शैक्षिक क्षेत्रमा अन्योलता देखिएकाले त्यसलाई अन्त्य गरी गुणस्तरीय शिक्षा स्थापनाका लागि भूमिका निर्वाह गनुपर्नेमा जोड दिए ।

बिहीबारदेखि जारी सम्मेलन समयमा सम्पन्न हुननसक्दा प्रतिदिन रु २० लाखका दरले खर्च थपिएको छ ।

सम्बन्धित शिर्षकहरु