फुटबल टोलीलाई झापामा यस्तो स्वागत

km'6an 6f]nLnfO{ emfkfdf :jfut t]O; jif{kl5 g]kfnnfO{ blIf0f Pl;ofnL v]ns'b -;fu_df km'6ansf] :j0f{ kbs lbnfP/ :jb]z kmls{Psf /fli6«o km'6an 6f]nLnfO{ a'waf/ lbpF;f] sfFs8le§fdf eAo :jfut ub}{ emfkfjf;L . tl:a/ M rGb|snf e08f/L, sfFs8le§f -emfkf_, /f;;

काँकडभिट्टा, तेइस वर्षपछि नेपाललाई दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीलाई बुधबार दिउँसो पूर्वी प्रवेशद्वार काँकडभिट्टामा भब्य स्वागत तथा सम्मान गरिएको छ ।

भारतको गुवाहाटीबाट सोझै नेपाल प्रवेश गरेका विजेता फुटबल खेलाडी र प्रशिक्षकलाई मेची पुलदेखि नै हजारौं झापाली खेलप्रेमीले जयजयकार गर्दै काँकडभिट्टा बजार ल्याइपुर्याएका थिए ।

राष्ट्रिय झण्डासहित स्वागतका लागि उपस्थित खेलप्रेमीहरूले नेपालको इज्जत बढाएको भन्दै पङ्तिबद्ध भएर खेलाडीलाई फूलको माला र खादा पहि¥याउँदै अबीर लगाएर नागरिक अभिनन्दन गरे ।

नेपाली फुटबल टोलीले गुवाहाटीमा फागुन ३ गते सम्पन्न फाइनल खेलमा बलियो प्रतिस्पर्धी भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएको थियो ।

फुटबल टोलीमा रहेका चर्चित फुटबल खेलाडी नवयुग श्रेष्ठ र प्रशिक्षक राजुकाजी शाक्यलाई खेलप्रेमीहरूले अपार श्रद्धा दर्शाएका छन् ।

स्वदेश फर्किएको नेपाली फुटबल टोलीको स्वागत तथा अभिनन्दनका लागि झापा जिल्ला खेलकुद विकास समितिले झापावासी खेलप्रेमीलाई आह्वान गरेको थियो ।

गलाभरी माला र खादा पहिरिएका, अबीरले राताम्य नेपाली खेलाडीलाई अगाडि लगाएर र्याली निकाल्दा कुनै ठूलो युद्धजितेर फर्केका योद्धाको सम्मान गरिएको झैँ दृश्य देखिएको थियो ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले नेपाली फुटबल खेलाडीले भूकम्प, नाकाबन्दी र राजनीतिक द्वन्द्वले लामो अवधिदेखि थोपरेको पीडा भुलाउने गरी इतिहास रच्ने खुसी दिलाएको भन्दै खेलाडीको मेहेनत र योगदानको प्रशंसा गरेका छन् ।

सम्बन्धित शिर्षकहरु