२३ वर्षपछि साग जित्दा यस्तो खुसी

फागुन ४ । काठमाडौं, नेपाली राष्ट्रिय फुटबल टोलीले १२औँ साग फुटबलको उपाधि जितेको छ । भारतको गुवाहाटीमा सम्पन्न फाइनलमा नेपालले चिरप्रतिद्वन्दी भारतलाई २–१ गोलअन्तरले हरायो ।

नेपालको जितमा स्टार स्ट्राइकर नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले गोल गरे । १ गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले भारतलाई उसैको मैदानमा माथ दियो । पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गर्‍यो ।

नेपालले २३ वर्षपछि साग फुटबलको उपाधि जितेको हो । यसअघि १९८४ र १९९३ मा उपाधि जितेर स्वर्ण पदक पाएको थियो । १७ वर्षअघि १९९९ मा भने फाइनलमा पुगेर नेपाल रोकिएको थियो । त्यसवेला नेपाल वंगलादेशसँग पराजित भएको थियो । त्यसयता नेपालले क्षेत्रीय प्रतियोगितामा पहिलोपटक उपाधि जितेको हो ।

सागमा फुटबलतर्फ स्वण पदक दिलाउने क्रममा प्रकाश बुढाथोकीले ६५औँ मिनेटमा फ्रिकिकमार्फत आकर्षक गोल गरे । भारतीय रक्षकले डिबक्स बाहिर अञ्जन विष्टलाई फाउल गरेपछि नेपालले फ्रिकिक पाएको थियो । त्यसमा भारतीय गोलकिपरलाई कुनै मौका नदिई प्रकाशले बललाई जाली चुमाए ।

सम्बन्धित शिर्षकहरु