त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणकोक्रममा विमान दुर्घटना भएको छ । एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगला एयरलाइन्सको जहाज धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठूलो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्निनियन्त्रकको ठूलो टोली विमानस्थलको धावनमार्गमा आगो निभाउन परिचालित भएको छ । अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका सात जनाको उद्दार गरिएको छ । यसको क्षमता ७६ भएको र ६७ यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ । पाईलटले विमानस्थललाई जोगाउने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उद्दार गरीएका यात्रुहरुलाइ काठमाडौंका विभिन्न अस्पतालहरुमा पुर्याइएकाे छ । मानवीय हताहतीको पनि आशंका गरिएको छ ।

सम्बन्धित शिर्षकहरु