सिड्नी । गैर आवसिय नेपालीसंघ अष्ट्रेलियाका विभिन्न राज्यसमिति र राष्ट्रिय समन्वय परिषद्को निम्ति उम्वेद्वारी दर्ता गराएका हरूले धमाधम आ-आफ्नो प्रचारलाई वाहिर ल्याएका छन्। ‘आफुलाई किन -भोट हाल्ने , समुदायलाई आफु बाट के आश गर्न सक्छ ‘-भन्दै विभिन्न उम्वेद्वारहरूले आ-आफ्ना पोस्टर तथा प्रचार सामाग्री फेस बुक पेजहरूमा प्रकासित गरेका छन्।
यस पटक खाष गरि युवा पुस्तावाट उम्वेद्वारी बढेको निर्वाचन समितिका पदाधिकारीहरू बताउंछन्। आगामि ४ जुलाईमा मतदानको अन आर एन निर्वाचन मिति तय गरिएको छ। विहान ८ बजेदेखि साँझ ६ बजेसम्म ईलेक्ट्रोनिक भोटिंगको माध्यमबाट
मतदान गर्न पाइने घोषणा भएको छ ।
उम्वेद्वारी घोषणा गर्ने अन्तिम समय अझै केही दिन वांकि हुंदा पनि अहिल्यै बाट प्रचार प्रसार बाहिरिनु एन आर एनमा अगुवा बन्ने भूमिकामा पुग्न युवाहरु मा नयाँ जोस र जागर रहेको एन आर एन प्रवक्ता मन के सि बताउनुहुन्छ । एन आर एन को निर्वाचन प्रकृया यस पटक फरक ढंगले गरिन लागिएको छ । यो निर्वाचन मार्फत एन आर एन ले २१ सदस्यीय राष्ट्रिय परिषद् चयन गर्नेछ । एन आर एनको आधिकारीक तथ्यान्ङ्क अनुसार सबै स्टेट मा गरेर हाल एन आर एन को कुल ५ हजार 8 सय २० जना सद्स्य रहेका छन्। जसमध्ये न्यु साउथ वेल्समा सबै भन्दा बढी ३३५९ सद्स्य संख्या रहेको छ। अनौपचारिक तथ्याङ्क अनुसार अस्ट्रेलियामा कुल ७० हजार बन्दा बढी नेपालीहरू रहेको अनुमान छ।विगतको भन्दा भोटिङ्ग प्रणाली थप आकर्षक र प्रभावकारी बनाउने तय भएको बताइएको छ ।
Active Members by State
| State | Active Members | |
| ACT | 57 | |
| NSW | 3359 | |
| NT | 204 | |
| QLD | 808 | |
| SA | 383 | |
| TAS | 31 | |
| VIC | 577 | |
| WA | 401 | |
| Total | 5820 |







