जेठ ३२ । सिन्धुपाल्चोक,नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पपछिको पुननिर्माण चुनौतिपूर्ण भएपनि यो कार्यलाई नेपाली जनता साहसका साथ एकजुट भएर राष्ट्रिय अभियानका साथ अघि बढाउनुपर्ने बताउनुभएको छ ।
सिन्धुपाल्चोकको जलविरे गाउविकास समितिको जलविरे क्षेत्रमा भूकम्पपीडित वस्तीको स्थलगत निरिक्षणपछि वोल्दै उपसभापति पौडेलले नेपाली जनताले आफ्नो मेहेनतको प्रदर्शन गर्ने वेला आएको र यसमा सरकारको सहयोग रहने बताउनुभयो ।
“ राज्यको शक्ति भनेको जनता हो हामी सबै मिलेर आफ्नो घर, गाउँ, शहरको निर्माण गरौ, सुरक्षित एकिकृत विस्ती विकासको कामलाई अघि बढाऔ, यसमा सरकारको सहयोग हुनेछ,” उपसभापति पौडेलले भन्नुभयो ।







