मरेर पनि सबैको मनमा वांचिरहे छ एउटा नाम!

यहाँं बड़ी उदारता है ,

परोपकार जो करे ,

वही मनुष्य है जो ,

मनुष्य के लिए मरे ।

सुशील कोइराला आफ्नो नाम झै शान्त , नरम र शालीन थिए , उनी राजनीतिमा पूर्णत: समर्पित थिए । जीवनभरि काँग्रेसको राजनीति गरे ।बर्षदेखि अटकिएका राजनीतिक हलोलाई कुशलतापूर्वक निकालेर संविधान सम्म दिन सफल भएँ। मधेसवादीको असन्तुष्टिलाई सम्बोधन गर्न उनले तत्काल संशोधन प्रस्ताव दर्ता गराए ।

उनीहरूसंग निरन्तर छलफल र अन्तरक्रिया गरिरहे । आफ्नै प्रकृतिको कार्यशैली भएका कोइराला बाँकी असमझदारी अन्त्य गरी राजनीतिक मार्गप्रश्स्त गर्न सदा प्रयत्नशील थिए । पार्टीका केही प्रभावशाली नेतृत्व तथा देशी – विदेशी शक्तिको दवावमा परि उनले भद्र सहमति अवज्ञा गरी एमाले नेतृत्वलाई सत्ता हस्तान्तरण गरेनन ।

आफै प्रत्याशी बने । उनको अतिशय भद्रताको नाजायज फाईदा लिई उनको लब्धप्रतिष्ठालाई धूमिल बनाउने प्रयत्न भएको थियो त्यसबेला । आफ्नो पराजयलाई सहज लिएका थिए उनले र ओली सरकारलाई व्यक्तिगततर्फबाट पूर्णत सहयोग गरिरहेकै थिए भने पार्टी सभापतिको हैसियतें पनि सघाएकै थिए ।

imagesकसैसंग नझुकी नेपालको हितमा संविधान जारी गरी यसलाई कार्यान्वयन गर्न चोखो मनले सधाउनु महत्वपूर्ण योगदान थियो उनको । चोखोपन , निस्वार्थता , सरलता, सहयोगीपन , निर्भयता तथा राष्ट्रभक्तको भावनाले भरिएको राजनेताका रूपमा युंगले सम्झिरहनेछ , उनलाई । उनको सादगी जिन्दगी , निष्ठा र इमानको राजनीतिबाट नयाँ पुस्ताले शिक्षा लिंए मात्र कोईरालाप्रति सच्चा श्रद्धान्जली दिएको ठहरने छ । दिबंगत आत्माको चिरशान्तिका लागि हार्दिक श्रद्धान्जली अर्पर्ण गर्दछु !

-निशा अर्याल ,इजरायल 

सम्बन्धित शिर्षकहरु