माघ २७ । काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जली दिन भारत उडिसाका चर्चित कलाकार सुदर्शन पट्टनायकले बालुवामा कोइरालाको प्रतिमा बनाएका छन् ।यसअघि भारतका पूर्व राष्ट्रपति अब्दुल जे कलामको सम्मानमा यस्तै प्रतिमा बनाएका सुदर्शनले उडिसाको पुरी बीचमा कोइरालाको सम्मानमा उनको प्रतिमा बनाएका हुन् ।
आफूले बनाएको प्रतिमाको तस्बिर ट्वीटर मार्फत सार्वजनिक गर्दै उनले भनेका छन् ‘यो तस्वीर नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा कोरेको हुँ ।’
#RIP :My sand art to pay tribute to former #Nepal PM #SushilKoirala ji, at puri beach of Odisha in India pic.twitter.com/fSjIeM3G6E
— sudarsan pattnaik (@sudarsansand) February 10, 2016








