कांग्रेसले तेह्र दिनसम्म पार्टीका कुनै कार्यक्रम नगर्ने

g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL :j= ;'zLn sf]O/fnf kfly{j ;/L/df >4fhnL ck0f{ sf]O/fnf lgjf; dxf/fhuGhdf k'Ug' ePsf pk k|wfgdGqL ljho s'df/ uR5bf/ , dGqL cUgL ;fksf]6f / ;fudf g]kfnL sf+u|];sf jl/i7 g]tf z]/jxfb'/ b]pjf nufot .tl:a/M k|bLk/fh jGt ,/f;;

काठमाडौँ,  नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्र्दै १३ दिनसम्म पार्टीका कुनै पनि कार्यक्रम आयोजना नगर्ने र तीन दिनसम्म देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको आकस्मिक बैठकले १३ औँ दिनको पुण्यतिथिका दिन केन्द्रसहित देशभरका काग्रेस कार्यालयमा शोकसभा गर्ने कांग्रेसले जनाएको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले परिवारको सहमति भएमा नेता कोइरालाको पार्थिव शरीरलाई विद्युतीय शवदह गृहमा अन्येष्टि गरिने जानकारी दिए ।

उनका अनुसार आज मध्याह्न १२ बजेदेखि दशरथ रङ्गशाला र बुधबार अपराह्न २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी पशुपतिआर्यघाटमा अन्येष्टि गरिने छ ।

बैठकले पार्टीका अन्य गतिविधि नगरिए पनि पार्टीको जारी महाधिवेशनको सन्दर्भमा फागुन १ गतेदेखि निर्वाचनका कार्यक्रमलाई निरन्तरता दिइने निर्णय गरेको केन्द्रीय सदस्य गगनकुमार थापाले जानकारी दिए।

सम्बन्धित शिर्षकहरु