कांग्रेस नेता आचार्य अस्वस्थ

20140917work-on-formation-of-trc-expedited-minister-acharya-600x0माघ २६ । काठमाडौँ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यको स्वास्थ्य असहज भएपछि उनलाई उपचारार्थ बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ ।

उनको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ । नेता आचार्यको स्वास्थ्यस्थिति बुझ्न पार्टी उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरु अस्पताल पुगेका छन् ।

पार्टी सभापति कोइरालाको निधनपछि उनलाई श्रद्धाञ्जलि अर्पण गर्न कोइराला निवास महाराजगन्ज पुगेका आचार्यको एक्कासि स्वास्थ्यमा खराबी आएको थियो ।

यसअघि नेता आचार्यले सञ्चारकर्मीसँग कुरा गर्दै स्व सभापति कोइरालालाई संविधान निर्माणका रुपमा सम्झिने बताएका थिए।

उनले सात दशकदेखि संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहना पूरा गर्ने नेतृत्व गरेका कोइरालाको सादा र निष्ठावान व्यक्तित्व तथा प्रजातान्त्रिक मूल्यमान्यताप्रति कहिल्यै विचलित नहुने व्यक्तित्व भएको चर्चा गरे।

पछिल्लो संविधान निर्माणको कार्यमा झन्झट नमानी निरन्तर लागिपर्नुभएका स्व कोइरालाको योगदान सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको बताए।

सम्बन्धित शिर्षकहरु