नेपाली कांग्रेसको आकस्मिक बैठक बिहान ११ बजे

g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL ;'zLn sf]O/fnf d+unaf/ /flt  !@M%) lgwg ePsf] 5 . . dxf/fhuGh lgjf;df sf]O/fnfk|lt xflb{s >4fhnL ck{0f ug{ ;j{;fwf/0fx?sf] eL8 .tl:a/M /f]zg ;fksf]6f,/f;;

माघ २६। काठमाडौँ, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनका कारण नेपाली कांग्रेसले पार्टीको आसन्न १३औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

कोइराला निवासमा पुगेका पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले महाधिवेशनसम्बन्धी पार्टीका सबै कार्यक्रम हाललाई स्थगन गरिने जानकारी दिए ।

यसैबीच सभापति कोइरालाको निधनपछि उत्पन्न परिस्थितिका बारेमा आवश्यक निर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान ११ बजे बस्ने पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।

नेपाली कांग्रेसले एक विज्ञप्ति प्रकाशन गरी कोइरालाको निधनबाट सिङ्गो देश, नेपाली जनता र पार्टी पङ्क्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ ।

सम्बन्धित शिर्षकहरु