![g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL ;'zLn sf]O/fnf d+unaf/ /flt !@M%) lgwgkl5 kfly{s zl//nfO{ dxf/fhuGh lgjf; kl/;df . tl:a/ M /f]zg ;fksf]6f÷/f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/02/1454981933514__T2A7154-200x300.jpg)
माघ २६ । काठमाडौँ, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सभापति सुशील कोइरालाको निधनबाट पार्टीलाई मात्र नभई मुलुकको राजनीति र लोकतान्त्रिक मूल्य मान्यतालाई समेत अपूरणीय क्षति पुगेको बताएका छन्।
कोइराला निवास महाराजगन्जमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सभापति कोइराला लोकतान्त्रिक मूल्य मान्यताप्रति आफ्नो दृढ अडान र अविचलित मान्यता राखी पछिल्लो समय मधेस आन्दोलनलाई सहमतिमा रुपान्तरण गर्ने काममा क्रियाशील रहँदै आएको उल्लेख गरे ।
कोइरालाको निधनबाट आफू अत्यन्त दुःखित र मर्माहत भएको जनाउँदै उपसभापति पौडेलले देश, जनता र लोकतन्त्रका लागि उनले दिएको योगदान महत्वपूर्ण छ भने ।
“उहाँको सपना पूरा गर्ने दायित्वलाई हामी सबैले मिलेर पूरा गर्नेछौँ । उहाँकै नेतृत्वमा नेपाली काँग्रेस सरकारमा रहँदा सात दशकदेखि नेपाली जनताले संविधानसभाबाट संविधान बनाउने कार्यको नेतृत्वदायी जिम्मेवारी पूरा भएको छ, अब, संविधान कार्यान्वयनतर्फ मुलुक अघि बढेको छ” – उनले भने।
संविधान निर्माणको नेतृत्वकर्ता कोइरालाको सपना साकार पार्ने अठोट गर्दै उपसभापति पौडेलले लोकतन्त्रलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने र समाज रुपान्तरणको जिम्मेवारीलाई सबै मिलेर पूरा गर्ने प्रतिबद्धता जनाए ।
विपत्तिको घडीमा कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सबै नेपाली जनताप्रति संयम र धैर्य रही परिस्थितिको सामना गर्न उनले आग्रह ।








