मधेसी मोर्चाबीच आरोप– प्रत्यारोप

काठमाडौं, स्थानीय र भारतीय व्यापारीले लखेटेर वीरगञ्ज नाका खुुकुलो भएपछि यतिबेला मधेसी मोर्चाका नेताहरू तितरवितर मात्र भएका छैनन् । आपसी आरोप प्रत्यारोपको तहमा नै उत्रिएका छन् ।

अहिले मधेसी मोupendra-rajenraर्चाका उपेन्द्र यादव र राजेन्द्र महतोको टकराव विभिन्न कोणहरूबाट छरपष्ट हुन थालेको हो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका एक सहयोगीले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आन्दोलन सिध्याएको आरोप मात्र लगाएका छैनन् ज्ञानेन्द्र साह र केपी ओलीसँग मिलेर राजा फर्काउने खेलमा लागेको गम्भीर आरोप लगाएका छन् ।

यसअघि पनि चीनको झण्डा जलाएको प्रकरणमा पनि मधेसी मोर्चामा उपेन्द्र र राजेन्द्रहरू यसैगरी आरोप प्रत्यारोपको तहमा उत्रिएका थिए । मोर्चा निटकहरुका अनुसार दुई नेता दुई नम्बर प्रदेशमा आफ्नो वर्चश्व कायम गर्ने दाउमा लागेकाले यस्तो आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

वीरगञ्ज नाका खुलेपछि उपेन्द्रले त महतोबारे केही भनेका छैनन् । तर, उनका सहयोगीहरु महतोमाथि खनिएका छन् । यस्तै शैली महतोले चीनको झण्डा जलाएको प्रकरणमा मधेसी मोर्चामा भएको झगडा सहयोगीमार्फत सार्वजनिक गरेका थिए ।

उपेन्द्र यादवका प्रेस संयोजकले सामाजिक सञ्जालमार्फत महतोमाथि गम्भिर आरोप लगाएका छन् ।

सम्बन्धित शिर्षकहरु