काठमाडौं, कांग्रेस युवा नेता गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ मा उनको प्यानलै पराजित भएको छ ।शुक्रबार राती सम्पन्न मतपरिणाम अनुसार थापाको प्यानल पराजित हुदै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका राजु श्रेष्ठ क्षेत्रीय सभापतिमा विजयी भएका छन् ।
अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा एक नम्वरमा मत पाएका थापा यस पटक भने आफ्नै निर्वाचन क्षेत्रमा प्यानलको लज्जास्पद हार बेहोरेका छन्। काठमाडौं ४ को क्षेत्रीय सभापतिमा विजयी भएका श्रेष्ठ देउवा निकट हुन्। श्रेष्ठ गगनले समर्थन गरेको प्यानलको विपक्षमा प्यानल खडा गरेर प्रतिस्पर्धा गरेका थिए।
यसअघिको निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर ४ मा देउवा पक्ष निकै कमजोर थियो । श्रेष्ठले थापाका उम्मेदबार न्हुच्छेनारायण श्रेष्ठलाई भारी मतले हराएका हुन् । गगनले भने आफ्नो क्षेत्रमा न्हुच्छेनारायणलाई जिताउन सबै तिक्डम लगाएका थिए ।
गगनको उम्मेदबारको हारले उनलाई केन्द्रको राजनीतिमा पनि असर पर्न सक्ने बताइएको छ ।








