मोर्चाको सचिवालको बैठक आज पनि

morcha-leadersकाठमाडौं, आन्दोलनरत मधसी मोर्चा आबद्ध दलको सचिवालयको बैठक आज सोमबार पनि बस्दै छ ।

बैठक दिउँसो १ बजे राजधानीको बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा बोलाइएको छ । ३ दिनदेखि जारी बैठक आज सकिने तराई मधेस सद्भावना पार्टी तमसपाका बरिष्ठ नेता रामनरेश राय यादवले जानकारी दिए । आजको बैठकले तराई मधेसको जारी आन्दोलनको समीक्षा र भावी कार्यक्रमको रुपरेखा तयार पार्ने यादवले बताए ।

उनका अनुसार बैठकले आन्दोलनरत दलहरुबीच संघीय गठबन्धन निर्माण गर्ने विषयमा पनि प्रारम्भिक खाका तयार पार्ने छ ।

यसैबीच, भारतको विहार पुगेका मोर्चा आबद्ध दलका शीर्ष नेता आज स्वदेश फर्कने भएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमसपाका अध्यक्ष महेन्द्र राय यादवसहितका नेताले हिजो विहारका पूर्व मुख्य मन्त्री लालुप्रसाद यादवलाई भेटेका थिए ।

सम्बन्धित शिर्षकहरु