बार्सिलोना बलियो

एजेन्सी,  चिरप्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई २–१ ले हराएपछि बार्सिलोनाले स्पेनिस ला लिगामा उपाधिको बलियो दाबेदार बनेको छ ।

गएराति घरेलु मैदान नोउ क्याम्प भएको भिडन्तमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्साले एट्लेटिकोलाई स्तव्ध पारेको हो ।

बार्सिलोनालाई जिताउने क्रममा लियोनेल मेसी र लुइस स्वारेजले गोल गरे ।

खेलको १० औं मिनेटमा कोकेले गोल गर्दै बार्सिलोनाका दर्शकलाई स्तब्ध बनाएको खेलमा मेसीले ३० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि खेलको ३८ औं मिनेटमा लुइस स्वारेजले अर्को गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याए ।

एट्लेटिकोले खेलमाा फर्कने प्रयास गरेपनि खेलको दोस्रो हाफ दुई खेलाडीले रातो कार्ड खाँदै मैदान छाडेपछि उसले हारको सामना गर्नुप¥यो ।
उसका खेलाडीहरु लुइस र गोजिनले रातोकार्ड खाँदै मैदान छाडेका थिए । एट्लेटिमाथिको महत्वपूर्ण जितपछि बार्सिलोना स्पेनिस ला लिगाको उपाधि होडमा बलियो बनेको छ ।

उसले २१ खेलबाट ५१ अंक जोड्दै लिगको शीर्षस्थानमा पुगेको छ । बार्साभन्दा एक खेल बढी खेलेको एट्लेटिको ४८ सहित दोस्रो र २१ खेल खेलेको उसको सहरी प्रतिद्वन्द्वी रियल मड्रिड ४४ अंकसहित लिगको तेस्रो स्थानमा छ ।

सम्बन्धित शिर्षकहरु