यू१९ क्रिकेटरलाई सरकारले १/१ लाख दिने

nepalकाठमाडौं,  यू–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा पुग्न सफल नेपाली युवा टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्न लागेको छ ।

आइतबार बिहान नेपाल ओलम्पिक कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले टिमका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकलाई जनही एक–एक लाख नगद पुरस्कार दिने बताएका हुन् ।

बंगलादेशमा जारी विश्वकपमा सुरुवाती दुई खेलमा जित हात पार्दै नेपाल सुपर लिगका लागि छनोट भएको छ । नेपालले १५ वर्षपछि क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

नेपालले पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले हराएको थियो भने दोस्रो खेलमा आयरल्याण्डविरुद्धको खेलमा ८ विकेटको सानदार जित हात पारेको छ । अब समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित शिर्षकहरु