माघ १७ ।काठमाडौं, नेपाली कांग्रेसको केही जिल्लाका नगर, गाविस र वडा समितिको अधिवेशन आज हुँदैछ । माघ १५ गते रोकिएका अधिवेशन आज हुन लागेको कांग्रेसले जनाएको छ ।
कतिपय जिल्लामा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच झडप भएपनि अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा नै अधिवेशन सम्पन्न भएका छन ।
सप्तरी, सोलु र धनुषामा भने सोमबार मात्र अधिवेशन हुनेछ । सप्तरी र धनुषामा मधेसी मोर्चाको अवरोधका कारण र सोलुमा कांग्रेसभित्रकै आन्तरिक कारणले अधिवेशन रोकिएको हो ।








