संसद बैठक दुई साता स्थगित

caकाठमाडौं,  ब्यवस्थापिका संसद बैठक दुई साताका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आसन्न महाधिवेशन अन्तरगत गाउँ, नगर, जिल्ला र क्षेत्रिय अधिवेशनलाई ध्यानमा राख्दै अर्को बैठक आगामी माघ २८ गते बिहान ११ बजे बोलाईएको छ ।

सभामुखसँगको छलफलमा हिजो कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सरकार महाधिवेशन भाड्न लागिपरेको आरोप लगाएपछि बैठक दुई साताका लागि स्थगित भएको स्रोतको भनाई छ ।

यसैबीच मधेशी मोर्चा आवद्ध दलहरुले आजको बैठक समेत बहिस्कार गरेका छन् । बैठकको सुरुमै बोल्दै तमलोपाका बृजेशकुमार गुप्ताले संसदबाट पारित संविधान सम्सोधन विधेयकले उत्पिडित वर्गलाई धोका दिएको आरोप लगाए । सरकार तथा प्रमुख दलहरु मधेश समस्या समाधानका लागि गभिर नबनेको आरोप लगाउदै उनले आन्दोलन समाधानका लागि गंभिर बन्न आग्रह गरे ।

संघीय समावेशी मधेशी गठबन्धन अन्तरगतको राष्ट्रिय मधेशी समाजवादी पार्टीका धर्मेन्द्र साह तेलीले संविधान सम्सोधन गर्दै दलहरुले मधेश समस्या थप बल्झाएको आरोप लगाए । सो गठबन्धनले समेत आजको बैठक बहिस्कार गरेको थियो ।

यस्तै बिशेष समयमा बोल्दै कांग्रेसका रमेश लेखकले सरकारले प्रस्तुत गरेको विधेयक पारितका क्रममा उपप्रधानमन्त्री चित्रबहादुर केसीले बिपक्षमा मतदान गरेको भन्दै सरकारसँग जवाफ माग गरे ।

एमालेका भवानी प्रसाद खापुङ्ले संसद बैठकमा गणपुरक संख्या नपुग्दा प्रतिपक्षी दलका सांसदहरु भने घाम ताप्दै चियो पिईरहेको भन्दै आपत्ति जनाए । उनको भनाईको खण्डन गर्दै लेखकले संसदमा गणपुरक संख्या पुर्‍याउने काम सरकारको भएको बताउँदै सरकार नालायक भएको आरोप लगाए ।

एकीकृत माओवादीका अमनलाल मोदीले सरकारको नेतृत्वकर्ता दल एमालेको भ्रातृ संगठन युवाको संघको कार्यक्रम सम्पन्न गर्न सरकारले मोरङको रंगेलीमा दमन गरेको आरोप लगाए । रंगेली घटनाको निश्पक्ष छानविन गर्न उनको माग थियो ।

सम्बन्धित शिर्षकहरु