अमेरिकाको हिमआँधीमा रञ्जनाको यस्तो हर्कत

काठमाडौं, केही दिन यता लगातार परेको हिम आँधिका कारण अमेरिका कठ्यांग्रिएको छ । मानिसहरू घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । तर, कसैलाई भने त्यही हिउँ मस्ती भएको छ ।

अविरलको हिउँका कारण त्यहाँका दर्जनौँ राज्य प्रभावित छन, हजारौ मानिस तितरबितर भएका छन र कयौको ज्यानसमेत गइसकेको छ । तर नेपाली नायिका रञ्जना शर्माका लागि भने उक्त हिऊ मस्ती गर्ने अवसरजस्तै बनेको हो । उनले हालै फेसबुकमा यस्ता तस्वीरहरु शेयर गरिन जसमा उनी निकै कामुक देखिन्छिन । निकै छोटा कपडा लगाएकी उनी हिऊंको थुप्रोमा मस्ती गरिरहेकी छिन । हिउँको चिसोका कारण मानिस घरबाहिर निस्कन कठिन भइरहेका बेला उनको यस्तो हर्कतले सबैको ध्यान तानेको छ ।

उनले तस्वीरसँगै निकै कुल रहेको र हिउँको मज्जा लिइरहेको लेखेकी छिन । त्यसो त उनीमात्र नभई अमेरिकामा रहका थुप्रै नेपाली सेलेब्रेटिले हिऊको मज्जा लिइरहेका छन । नायक राजबल्लभ कोइराला, निर्देशक श्याम भट्टराई, गायक कन्हैया सिंह लगायतले आफ्नो अनुभव शेयर गरेका छन ।

सम्बन्धित शिर्षकहरु