गजल
न त बत्ती अँध्यारोमा ,न छ बाली खेतमा !
कस्तो पाडो पायौ भैंसी हरे दोस्रो बेतमा !!!!!!!
खडेरी छ इमानको घाट पुग्यो त्याग
अझै घाम लागेन रे नेपालीको चेतमा
सबै कुरा महङ्गो भो तर बिडम्बना !
बिकेको छ आज मान्छे ज्यादै सस्तो रेटमा
मिठा मिठा कुरा गर्दै झुक्याएर गयौ
के भन्ने हो हामीलाई अब अर्को भेटमा
सुनेको छु मुलुकले बोक्यो राहदानी
सुरक्षित हुन्छ अरे बरु उड्ने जेटमा-
धन राज गिरी ।







