असनेपालन्युज सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास ) र रेडियो हिमालयको संयुक्त प्रयासमा भाषा, साहित्यका स्वरहरू रेडियो मार्फत गुन्जिन थालेका छन्। अमेरिकी पूर्बीय समयानुसार साँझ ८:४५ देखि ९:४५ बजेसम्म (नेपाली समयानुसार जनवरी २४, २०१६ आइतबार बिहान ७:३० बजेदेखि ८:३० बजेसम्म) अनेसास संचार डबली कार्यक्रम प्रसारण हुंदै आएको छ । । अनेसास, यसका च्याप्टरका समाचार, साहित्यिक रचनाहरु (स्रष्टा आवाज), पुस्तक चिनारी, च्याप्टर चिनारी आदि कार्यक्रम प्रस्तोता बुद्धी बिश्वकर्मा र सहकर्मीहरूका आवाजमा प्रस्तुत हुने यस कार्यक्रमलार्इ सुनेर सुझाब र प्रतिक्रिया दिन हुंदै आएको छ ।
‘अनेसास सञ्चार डबली’ अनेसास केन्द्र र
को संयुक्त तत्वाधानमा साप्ताहिक रूपमा नेपालको समय अनुसार हरेक आइतबार बिहान ७ः३०बजेदेखि ८ः३०बजेसम्म प्रसारण हुने कार्यक्रम हो । यो कार्यक्रम नेपालको समय अनुसार बुधबारसाँझ र शुक्रबार राती पनि पुनः प्रसारण हुन्छ ।
४० देशमा का करिव ८४ शाखाको आयतनमा फैलिएको सो अनेसासले विश्वभर छरिएर रहेका काव्य प्रेमिहरू सँग हातेमालो गर्दै ऐक्यवद्दरुपमा भाषिक तथा साहित्यिक सेवा गर्दै आएको छ ।








