काठमाडौं, मोरङको रंगेलीमा हिजो भएको घटनालाई लिएर भारतीय विदेशमन्त्रालयले चासो देखाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्विट गर्दै प्रहरीको गोलीबाट तीन जना मारिएको घटनाप्रति गम्भीर चासो रहेको बताएका छन् । प्रवक्ता स्वरुपले राजनीतिक समस्याको राजनीतिक समाधान हुनुपर्ने समेत उल्लेख गरेका छन्।
Deeply concerned at loss of 3 lives in police firing in Morang distt in Nepalese Terai today. Political problems require political solution
— Vikas Swarup (@MEAIndia) January 21, 2016





