हिमपातले टेलिफोन सेवा बन्द

जाजरकोट, जाजरकोटका उत्तरी भू–भागमा हिमपात भएसँगै टेलिफोन सेवा अवरुद्ध भएको छ ।

सोमबार घाम नलाग्दा र मङ्गलबारदेखि हिमपात सुरु भएपछि जिल्लाका उत्तरी भेगका रामीडाँडा, नायकवाडा, रोकायगाउँ, पैक, दह, मजकोट, गर्खाकोट, कोर्ताङलगायतका गाविसमा फोन सेवा बन्द हुनुका साथै चिसो बढेकोे स्थानीय बासिन्दाले बताएका छन् ।

नायकवाडाको रतनकोट स्काइ टावरमा सोलारबाट विद्युत् आपूर्ति बन्द हुँदा फोन सेवा बन्द भएको हो । आकासमा बादल देखिनसाथ यहाँको फोन सेवा बन्द हुने गर्दछ ।

जिल्लाको तल्लो भू–भागमा भने पानी परिरहेको छ । लामो समयपछि हिमपात र वर्षा भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । हिमपात र वर्षाले चिसो बढाएपछि बालीनाली सप्रने र वातावरण राम्रो हुने भएकाले आफू खुसी भएको गर्खाकोटका डिलबहादुर शाहीले बताए ।

सम्बन्धित शिर्षकहरु