१०० दिन नपुग्दै काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर बीच खटपट सुरू

भदौ ११, काठमाडौं । पद सम्हालेको १०० दिन नपुग्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच खटपट शुरु भएको छ । मेयर शाक्य एमाले निकट हुन भने उपमेयर खड्का कांग्रेश निकट हुन् । केन्द्र स्तरमा पनि कांग्रेस एमाले एक अर्काका विरोध गर्दै हिडिरहेका बेला शाक्य र खड्गीबीचको खटपट सतहमै पुगेको छ ।

हरेक काम आफूसँग सल्लाह नगरी एकलौटी रुपमा काम गर्ने गरेको उपमेयर खड्गीले मेयर शाक्य माथि  आरोप लगाएकी छिन् । आफूले उपमेयरको कार्यभार सम्हालेदेखि नै मेयर शाक्यले एकलौटी गर्दै आएको आरोप खड्गीको छ ।

सम्बन्धित शिर्षकहरु