खेल्न जान्छु भनेर घरबाट हिंडेका तीन बालक मृत फेला

झापा । केही दिनदेखि बेपत्ता तीन जना बालक भद्रपुर नगरपालिका-२ मा रहेको सिमसार क्षेत्रमा मृत अवस्थामा भेटिएका छन ।

मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४/१५ वर्षका करण थामी र उनका भाइ ११/१२ वर्षका अर्जुन थामी रहेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

तीनै जना बालकहरुले घरबाट खेल्न जान्छु भनेर निस्किएको उनिहरुका अभिभावकले बताए ।

मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो भने बिहीबार बिहान थप दुई जनाको शव भेटिएको हो ।

प्रहरीका अनुसार खोजी तथा उद्दारमा १ नं. प्रदेश विपद व्यवस्थापन गुल्म, चन्द्रगढीबाट समेत टोली परिचालित भएको थियो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित शिर्षकहरु