सभामुख घर्ती स्वदेश फिर्ता

Onsari-Gharti-Magarमाघ   ५। काठमाडौँ, व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्ती स्वदेश फर्किएकी छिन् ।

एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन थाइल्यान्ड जानुभएकी घर्ती सोमबार साँझ नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किएकी  हुन्।

सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले व्यवस्थापिका–संसद्को मङ्गलबारको बैठक सञ्चालनका लागि सोमबार साँझ स्वदेश फर्किएको जानकारी दिए ।

एमाओवादी नेता पुनको थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार भइरहेको छ । कलेजो रोगको समस्याका कारण नेता पुनको विगत एक महिनादेखि उपचार भइरहेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका साथ सभामुख घर्ती गत पुस २२ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन्।

सम्बन्धित शिर्षकहरु