एजेन्सी, इरानी राष्ट्रपति हसन रुहानीले अन्तराष्ट्रिय रुपमा आफ्नो मुलुकमाथि लगाईएको आर्थिक प्रतिबन्ध फुकुवालाई गौरवशाली जीत भएको बताएका छन्। आर्थिक प्रतिबन्ध फुकुवा भएपछि अन्तर्राष्ट्रिय स्तरमा आर्थिक कारोवार गर्न पाउने भन्दै इरानले सो फैसलाको स्वागत समेत गरेको छ ।
यद्यपी अमेरिकी संसदमा रिपब्लिकन सिनेटर र इजरायलले भने यसको निन्दा गरेका छन् ।
अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीको मुख्यालयमा भएको भेलाले इरानले आफ्नो परमाणु कार्यक्रम कम गर्दै गएकोमा सन्तुष्टि जनाउदै आर्थिक प्रतिबन्ध फुकुवा गरेको हो । युरोपेली संघका विदेश नीति प्रमुख फ्रेडरीक मागरीनीले प्रतिबन्धको फुकुवासंगै यस क्षेत्रमा शान्ति र स्थिरतामा वृद्धि हुने विश्वास व्यक्त गरे ।
परमाणु हतियार निर्माणको प्रयास गरेको भन्दै अमेरिका तथा युरोपेली देशले इरानमाथी लामो समयदेखी आर्थिक प्रतिबन्ध लगाएका थिए । इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपुर्ण प्रयोजनका लागि भएको दावी गर्दै आएको छ ।








