चुल्होमै ग्यासको पाइप पुर्‍याउँछु भन्दा मान्छे हाँसे: अध्यक्ष ओली

g]kfn du/ ;ª3åf/f df3] ;ªqmflGtsf] cj;/df sf7df8f}Fsf] 6'l8v]ndf z'qmaf/ cfoflht sfo{qmddf clejfbg ug'{x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यासको पाइप जनताका घरघरमा जोडिदिन्छु भन्दा आफूलाई पत्रकारहरुले खुस्किएको भनेकोमा दुखेसो व्यक्त गरेका छन् ।

उनले जनताका घरघरमा ग्यासको पाइपलाइन जोड्न सम्भव रहेको जिकिर गर्दै विश्वका धेरै देशले गरेको अभ्यास नेपालमा गर्न अभ्यास गर्न खोज्दा पत्रकारहरुले नै उडाएकोमा गुनासो गरेका हुन् ।

‘समय लाग्ने भएपनि जनताको घरघरमा ग्यासको पाइप लाइन जोड्न सम्भव छ’, प्राध्यापक डा. अरुण सायमी, डा. हेमन्द श्रेष्ठ र सूर्य देवकोटाले लेखेको पुस्तकको बालुवाटारमा बिमोचन गर्दै प्रमले भने, ‘मैले असम्भव कुरा गरेको थिइँन । विश्वका अन्य देशका जनता ग्यास सिलिन्डर बोकेर हिँड्दैनन् । ग्यासको पाइप लाइन घरघरमै छ ।’

बंगलादेश, पाकिस्तान, रुस, अमेरिका, जापान, कोरिया र चीनमासमेत पाइप लाइनबाटै ग्यास वितरण भइरहेको जनाउँदै केही जटिलता भएपनि नेपालमा पनि सोही विधिबाट ग्यास वितरण गर्न सरकार सक्रिय भएको प्रम ओलीले बताए ।

‘ती देशका जनता सिलिन्डर काँधमा बोकेर कुद्दैनन्’, उनले भने, ‘हो, हामी कठिन अवस्थामा छौं, मैले भनेका कुरा पुरा गर्न समय लाग्ला । यही ढंगले नेपाल चल्दैन । म फेरि पनि भन्छु,  उत्खनन गर्दा र ग्यास प्रशोधन गर्दा समय लाग्ला तर जनताको घरमा ग्यासको पाइप पुर्या‍उँछौ ।’

सम्बन्धित शिर्षकहरु