अस्ट्रेलिया, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनेसासको रजतजयन्ती बर्षको अबसरमा रेडियो हिमालयको सहकार्यमा नेपाली साहित्यलाई बिश्वब्यापी बनाउने अभियानमा योगदान पुरयाउने उद्देश्यले साप्ताहिकरुपमा अनेसास संचार डबली रेडियो कार्यक्रम संचालन गर्ने भएको छ ।
नेपाली समयानुसार जनवरी १७, २०१६ देखि हरेक आइतबार बिहान ७.३० देखि ८.३० सम्म अनेसास संचार डबलीकार्यक्रम संचालन गरिने जनाइएको छ । कार्यक्रममा अनेसास र यसका च्याप्टरहरुका समाचारहरु, साहित्यिक रचनाहरु, सूचना तथा जानकारीहरु, अन्तर्वार्ता, नयाँ प्रकाशित पुस्तकहरुको परिचय, दिबंगत साहित्यकारहरु प्रति श्रदान्जली, साहित्यकारहरुको जन्मदिनमा शुभकामना, समबेदना, च्याप्टर चिनारी आदि कार्यक्रम प्रसारण गरिन बताइएको छ । कार्यक्रममा रचनाहरु कविता, छोटा कथाहरु, गजल, मुक्तक, निबन्ध, हाइकु, नाटक आदि पठाउन भनिएको छ ।
च्याप्टरहरुबाट आगामी कार्यक्रमहरुको जानकारी र सम्पन्न गतिविधिहरुको समाचार, नव प्रकाशित कृतिहरुको जानकारी, च्याप्टरहरुको चिनारी नियमितरुपमा inlsradio@gmail.com वा info@inls.org मा पठाउन च्याप्टरले आग्रह गरेको छ । रचनाहरु लिखितरुपमा वा आफ्नै स्वरमा अडियो रेकर्ड गरी पठाउन सकिने र नेपाली समयानुसार हरेक आइतबार बिहान ७.३० देखि ८.३० सम्म रडियो हिमालयमा यो कार्यक्रम सुन्नु पनि स्रोताहरुलाई आग्रह गरिएको च्याप्टरको भनाई छ ।








