काठमाडौं, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकाले सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।
राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा राप्रपा नेपालले गरेको चियापानमा उनले नेपालको राजनीतिक एकीकरणमा पृथ्वीनारायण शाहको कदम ऐतिहासिक भएको उद्घोष गरे। ‘उहाँको नेतृत्वमा नेपालको राजनीतिक एकीकरण भयो त्यो ऐतिहासिक कदम थियो’ उनले भने ‘नेपाल राज्यको निर्माणमा उहाँको योगदान रह्यो त्यो सदैव अवीश्वमरणीय छ। त्यसकारण हामी सबैले उहाँको योगदानको सम्मान गर्नुपर्छ। म पनि सम्मान गर्छु।’
भट्टराईले आफ्नो फेसबुकमा पृथ्वी नारायण शाहको फोटो राख्दै शाहले नेपालको भौगोलिक एकीकरणमा गरेको नेतृत्वदायी भूमिकाको सम्मान गर्ने बताएका छन्। उनले लेखेका छन्, ‘पृथ्वीनारायण शाहलाई निरपेक्ष/अधिभूतवादी कोणबाट पूजा वा निन्दा गर्ने अतिवादी सोचबाट बचौं। सापेक्ष/ऐतिहासिक भौतिकवादी कोणबाट वस्तुनिष्ठ मूल्यांकन गर्दै नेपालको भौगोलिक एकीकरणमा उनले खेलेको नेतृत्वदायी भूमिकाको सम्मान गरौं ।’
पृथ्वीनारायण शाहलाई निरपेक्ष / अधिभूतवादी कोणबाट पूजा वा निन्दा गर्ने अतिवादी सोचबाट बचौं। सापेक्ष / ऐतिहासिक भौतिकवादी …
Posted by Dr. Baburam Bhattarai on Sunday, January 10, 2016








