कालोबजारी भए तुरुन्त जानकारी दिनुहोसः गृहमन्त्री

काठमाडौँ,  गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिलेको असहज अवस्थामा आपूर्ति व्यवस्था सञ्चालनर कालोबजारी नियन्त्रण गर्ने कार्यलाई प्रमुख कार्यभारका रुपमा सरकारले लिएको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘कालोबजारी नियन्त्रणका उपाय’ विषयको छलफल कार्यक्रममा गृहमन्त्रीले कालोबजारी गर्नेविरुद्ध कठोर ढङ्गले कारबाही गर्ने सरकारको नीति रहेको जानकारी दिँदै त्यसमा कुनै सम्झौता नगरिने स्पष्ट पारे । उनले भने “कहीँकतै कालोबजारी भइरहेको देख्नुभएको DSC_5896छ भने तुरुन्त प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुहोस्, त्यहाँबाट सुनुवाइ नभए गृह मन्त्रालयमै जानकारी दिनुहोस् ।”

कार्यक्रममा महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले गत चार महिनामा कालोबजारीका ६९ घटनामा १२१ जनालाई पक्राउ गरी ८० जनालाई कानुनी कारबाही अगाडि बढाइएको जानकारी दिए । सो अवधिमा अवैध रुपमा बिक्री वितरण भइरहेको २९ हजार लि पेट्रोल, १६ हजार लि डिजेल र ३५० ग्यास सिलिन्डर नियन्त्रणमा लिइएको बताइएको छ ।

वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले माग र आपूर्तिको असन्तुलन भएको समयमा कालोबजारी बढ्ने गरेको बताउँदै विभागका तर्फबाट सक्दो अनुगमन भइरहेको बताए ।

कार्यक्रममा पत्रकार महासङ्घका काठमाडौँ अध्यक्ष गोविन्द चौलागार्इं, उपभोक्ता हित मञ्चका प्रतिनिधि पे्रमलाल महर्जनलगायतले कालोबजारी बढ्दै गए पनि सरकारले त्यसलाई नियन्त्रण गर्न ठोस कदम चाल्न नसकेको आरोप लगाए ।

सम्बन्धित शिर्षकहरु